Skip This
नवजात शिशु छाडेर अभिभावक फरार
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Wednesday, 17 September, 2025
२o८१ जेठ १५ मंगलबार १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवजात शिशु छाडेर अभिभावक फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार १८:४१:oo

अर्काको घरको ढोकामा नवजात शिशु छाडेर अभिभावक फरार भएका छन्। पोखरा महानगरपालिका– ८ जाल्पारोडस्थित ४५ वर्षीय नारायण सुवेदीको घरको ढोकामा अपरिचित व्यक्तिले नवजात शिशु छोडी फरार भएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

शिशु छाडेर अभिभावक फरार भएको सूचना पाएसँगै अस्थायी प्रहरी पोस्ट सिर्जनाचोकबाट खटिएको प्रहरीको टोलीले शिशुको उद्धार गरी उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाएको थापाले जानकारी दिए।

शिशुको अवस्था मध्यम रहे पनि बिरामीजस्तो देखिएकाले थप अनुसन्धानको लागि प्रहरी कार्यालय बैदामबाट अनुसन्धान टोली खटिएको थापाले जानकारी दिए।