मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १२ शनिबार १७:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अञ्जनलाई चाइनिज स्पोर्टस् कम्पनीको साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १७:५१:oo

नेपाली राष्ट्रिय फुटबल टोलीका अट्याकर अञ्जन विष्टलाई चाइनिज स्पोर्टस् पोसाक ब्रान्ड ‘३६१ डिग्री’ले प्रायोजन गरेको छ।

शनिबार नेपालको लागि स्पोर्टस् ब्रान्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कार्की र अञ्जनबीच सम्झौतामा हस्ताक्षर भएको हो। कम्पनीले अञ्जनलाई तीन वर्षसम्म पोसाक उपलब्ध गराउनेछ। आर्थिकको विषय भने दुवैतर्फबाट गोप्य राखिएको छ।

सिइओ कार्कीले पहिलोपटक फुटबलमा त्यो पनि अञ्जनसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए। ‘हामीले पहिलोपटक फुटबलमा सहकार्य गरेका छौँ। अञ्जनसँग सहकार्य गर्न पाउनु हाम्रो लागि खुसीको क्षण हो,’ कार्कीले भने।

कम्पनीले नेपालमा फुटसल, बास्केटलमा यस्ता सहकार्य गर्दै आएको छ । विगत ६ वर्षदेखि पिस पोइन्ट कप आयोजना गरिरहेको छ। सम्झौतापछि अञ्जनले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्दा खुसी भएको बताए। उनले यस्ता प्रायोजक आउँदा फुटबलमै लाग्न प्रेरित गर्ने बताएका छन्।

सन् २०१४ मा फिलिपिन्सविरुद्ध डेब्यु गरेका अञ्जनले हरि खड्का र निराजन रायमाझीले गरेको १३ गोलको कीर्तिमान बराबर गरेका छन्। दशरथ रंगशालामा लाओसविरुद्ध गोल गरेसँगै उनले कीर्तिमान बराबर गरेका हुन्।