१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सांसद गुरुङले दिए गृहमन्त्री लामिछानेविरुद्ध निवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:१८:oo

कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध निवेदन दिएका छन्। सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै सांसद गुरुङले सोमबार गृहमन्त्री लामिछानेविरुद्ध निवेदन दिएका हुन्।

उपसभापति गुरुङले ‘सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसद्को अवहेलनामा कारबाही गर्न’ मागसहित उनले निवेदन दिएका छन्। गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधिसभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरुङको भनाइ छ।

निवेदन दिएपछि गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्मानित अदालतभन्दा माथि कोही हुँदैन। सर्वाेच्च अदालतले १६ वर्ष पहिले गरेको फैसलामाथि धावा बोल्दै गृहमन्त्रीले कूटनीतिक राहदानीसम्बन्धी संसदमै मिथ्या आरोप लगाएपछि सम्मानित संसदमा निवेदन पेस गरेको छु।’