ताप्लेजुङको फुङलिङ नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
जिल्लाको एक मात्र ११ वटा वडा रहेको फुङलिङ नगरपालिकाले बिहीबारदेखि सुरु हुने ताप्लेजुङ पर्यटन महोत्सव तथा अन्तरपालिकास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटनमा एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले बुधबार सूचना जारी गर्दै फुङलिङ नगरपालिकामा बिहीबार सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन्।
सर्वजनिक सूचनामा बिदाको दिन अत्यावश्यक सेवाबाहेक नगरपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरू बन्द हुने उल्लेख गरिएको छ। फुङलिङ नगरपालिकाको आयोजनामा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता बिहीबार सुरु हुनेछ।
ताप्लेजुङ पर्यटन महोत्सव पनि सोही दिनदेखि सुरु हुने आयोजक समितिका सदस्यसचिव देवराज गुरुङले बताए। सदरमुकाम फुङलिङमा आयोजना गरिएको पाँचदिने पर्यटन महोत्सव जेठ ७ गते सोमबार सम्पन्न हुनेछ।