१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
Invalid date format १७:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१६:oo

नयाँ पत्रिकाकर्मी रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्न लागेको आठौँ पोखरा स्पोर्टस् अवार्ड– २०८० मा पराजुलीलाई नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो।

प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले जानकारी दिए।

यसअघिका संस्करणहरूमा उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन्।

पोखरा १, लामपाटन मार्गका पराजुली २०६१ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन्। गत वर्ष उनलाई युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार, २०८० बाट सम्मान गरेको थियो।