१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २० शनिबार १४:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको नीति कार्यक्रम सही छ, विरोध गरेको रेकर्ड पछिसम्म रहन्छ : केपी ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार १४:४१:oo

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राम्रा नीति–कार्यक्रम ल्याएको बताएका छन्।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षीहरूले गरेकाे विरोधमा नघोत्लिन पार्टीका सांसदहरूलाई सुझाव दिए।

‘म माननीय सदस्यज्यूहरूलाई के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन्। सही छन् भन्ने कुरामा ढुक्कले अगाडि बढ्नुभए हुन्छ,’ उनले भने, ‘विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ भन्ने लागेको होला, कुनै एउटा बुँदाको पनि विपक्षले समर्थन गर्नेछैन।’

सरकारका सही कुराहरूको पनि विरोध गर्न प्रतिपक्षी दलहरू बाध्य रहेका जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सही कुराको विरोध गरेको रेकर्ड उहाँहरूका नाममा भविष्यसम्मका लागि कायम रहनेछ।’