१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

८० वर्षमा नोन्जोम कामीले पाइन् नागरिकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१५:oo

मुगुमा एक वृद्धाले ८० वर्षमा नागरिकताको प्रमाणपत्र पाएकी छ्नि्। जिल्लाको पूर्वी मुगु कार्मारोङ गाउँपालिका- ५ सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नेपाली नागरिकता पाएकी हुन्।

१२ वैशाख २००० सालमा जन्मेकी उनलाई २०८१ साल वैशाख १२ मा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नागरिकताकाे प्रमाणपत्र  प्रदान गरेका हुन्। 

३५ वर्षअघि कामिका श्रीमान् सोनामतेन्जिन कामीको मृत्यु भएको थियो। जिल्ला सदरमुकाम गमगढी पुग्न दुई/तीनकाे पैदल हिँड्नुपर्ने बाध्यता र नागरिकताको आवश्यकताबारे जानकारी नहुँदा उनी नागरिकताविहीन थिइन्। 
 
श्रीमानको मृत्युपछि दुई छोरा पाल्न उनलाई धौधौ भयो। सरकारले एकल महिलालाई भत्ता दिन्छ भन्ने थाहा पाएपछि उनले नागरिकता लिन नखाेजेकाे हाेइन। तर, त्यति वेला श्रीमान् नभएकाेले नागरिकता नबनेकाे उनले बताइन्। 

दुई छोरामध्ये एक छोरा सिलाजित निकाल्न जाँदा लडेर मृत्यु भयो। अर्काे छाेराकाे पनि नागरिकता छैन। आमाकाे नागरिकता नहुँदा छाेराकाे नागरिकता बनेन। उनले भनिन्,  'मेरो नागरिकता नहुँदा छोराको पनि नागरिकता बनेन्। 
छोराबाट दुई नातिनी र एक नाति छन्। उनीहरूको जन्मदर्ता पनि हालसम्म बनेको छैन।'

उनले आज नागरिकता पाएपछि सरकारले दिने भत्ता अब आफ्नाे परिवारले पनि पाउने भन्दै खुसी व्यक्त गरिन्। 

विभिन्न सञ्चारमाध्यममा यो परिवारबारे समाचार प्रशारण/प्रकाशन भएपछि स्थानीय समाजसेवी सोनाम लामा कार्मारोङ र वडाध्यक्ष दाबासांबा तामाङले नागरिकता बनाउन वृद्धालाई सदरमुकाम ल्याए। 

सदरमुकाम आएको १७ दिनसम्म सोनामले ८० वर्षीया आमाको नागरिकताका लागि आवश्यक कागजात जुटाएपछि बुधबार उनकाे नागरिकता बन्याे। 

उनले भने, 'आमाले नागरिकता पाउनुभयो। अब छोराको नागरिकता र नाति/नातिनीको जन्मदर्ता बन्छ। सरकारले दिने सामजिक सुरक्षा भत्ताबाट वञ्चित हुन पर्दैन।'