१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o५:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : दुस्मनको सेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o५:५६:oo

कुनै वेला अमेरिकामा दासदासी राख्न पाउने चलन थियो । त्यहाँका धनीमानीले बजारबाट दासदासी किनेर राख्न पाउने व्यवस्था कायम थियो । त्यसै समयमा एकजना धनी मानिसले बेन्कर नामको एउटा अत्यन्त मेहिनेती दास किनेर घरमा ल्याए । बेन्कर निकै परिश्रमी थिए । उनी काममा कहिल्यै ढिलासुस्ती गर्दैनथे । मालिकको सेवा गर्नुलाई आफ्नो धर्म मान्थे । त्यसैले उनका यस्ता गुणबाट मालिक पनि सन्तुष्ट थिए ।

एक दिन बेन्कर आफ्नो मालिकसँगै त्यो स्थानमा गए जहाँ गरिब मानिस जनावरसरी दासका रुपमा बिक्थे । त्यहाँ दासदासी खरिद–बिक्री गर्ने हाटबजार नै लाग्थ्यो । त्यहाँ पुगेपछि बेन्करले एउटा बूढो दासलाई देखाउँदै तिनलाई किन्न आफ्ना मालिकलाई अनुरोध गरे । उनको कामबाट अत्यन्तै प्रभावित मालिकले सो आग्रह टार्न नसकी त्यो दास किनेर घर लगे ।

त्यो बूढो दास पाएपछि बेन्कर पनि अत्यन्तै प्रसन्न भए । उनी ती बूढा दासको मन लगाएर सेवा गर्थे । उनका हरेक क्रियाकलापमा चासो दिइरहेका मालिकलाई उनको व्यवहार देख्दा अचम्म लाग्यो । एक दिन यसबारे बेन्करलाई सोधे– तिमीले ती बूढा दासको त्यसरी मालिकलाई जस्तै गरी सेवा गर्नुको कारण के हो ? कतै ती दास तिम्रा आफन्त त होइनन् ? मालिकको प्रश्न सुनेपछि बेन्करले जवाफ दिए– यी बूढा दास मेरा कुनै नातेदार होइनन्, न त कुनै साथी नै हुन् । बरु यिनी मेरा सबैभन्दा ठूला शत्रु हुन् ।

बाल्यकालमा यिनैले मलाई दासका रूपमा बेचेका थिए । पछि आफैँ समातिए र दास बनाइए । मैले उनलाई एक दिन बजार जाँदा चिनेको थिएँ । मेरी आमाले मलाई भन्नुभएको थियो, यदि शत्रु नांगो छ भने उसलाई लुगा देऊ, भोको छ भने खाना खुवाऊ, प्यासी छ भने पानी पिलाऊ । यसैकारण म उनको सेवा गर्दै छु । म आफ्नी आमाले दिएको शिक्षा र मार्गदर्शनमा अघि बढिरहेको छु हजुर ।’ बेन्करको यस्तो जवाफ सुनेपछि ती मालिकले बेन्करलाई अँगालो हाले र तत्काल उनलाई स्वतन्त्र गरिदिए ।

ad
ad