Read Time : < 1 मिनेट
२o८१ बैशाख २२ शनिबार १o:३२:oo
मकवानपुरको बुढीचौरमा मानव कंकाल फेला परेको छ । मकवानपुरगढी गाउँपालिका- ८ बुढीचौरमा रहेको कपडा तथा कपालको आधारमा पुरुषको जस्तो मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय आलखोला जंगलमा घाँस काट्न गएका मानिसहरूले मानव कंकाल देखेपछि वडाका जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले उक्त वडाका कोही पनि मानिस हराई बेपत्ता नभएको बताएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलको मुचुल्कालगायतको कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।