१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका माङसेबुङ (इलाम)
Invalid date format १९:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीलाई गृहमन्त्रीको निर्देशन- चुनावमा पैसा बाँड्नेलाई जाक्न आदेश गर्न पर्दैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, माङसेबुङ (इलाम)
नयाँ पत्रिका
Invalid date format १९:३६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले इलाम २ मा हुने उपनिर्वाचनमा पैसाको चलखेल रोक्न प्रहरीलाई निर्देशन दिएका छन्।

इलामको माङसेबुङमा आफ्ना उम्मेदवार मिलन लिम्बूलाई भोट माग्दै उपनिर्वाचनमा पैसा बाँड्ने काम रोक्न प्रहरीलाई निर्देशन दिएका हुन्। 

‘सुरक्षा निकायका साथीहरू चुनावमा पैसा बाँड्नेलाई ध्यान दिएर हेर्नुहोला । यसपटक कसरी पैसा बाँडिन्छ हामी पनि हेर्छौँ। कहीँ कसैले भोट किन्न खोजेमा आदेश कुर्नुपर्दैन, कहाँ जाक्ने हो जाक्नुहोला,’ लामिछानेले भने, ‘त्यसरी पैसा बाँडेर भोट किनेको हाेइन देशको भविष्यमाथि खेलबाड गरेको हो । देशको भविष्यमाथि खेलबाड गर्ने देशद्रोही हुन् । देशद्रोहीलाई कसरी ठीक लगाउनुपर्छ भन्ने तपाईंले लगाएको बर्दीले आफैँ बोल्नेछ । बर्दीको इज्जत चुनावमा देखाउनुहोला।’ 

उनले आफूहरू राजनीतिमा आशा जगाउन आएको दाबी गरे । यसअघिको निर्वाचनमा दल खोलेको पाँच महिनामै २१ सांसदसहित राष्ट्रिय दल बनाएर विश्वको राजनीतिमा इतिहास लेख्ने काम गरेको उनको दाबी छ। 

‘हामी राजनीतिमा आशाको झिल्को बाल्न आएका हौँ। राजनीतिमा असफल हुँदा पनि लुटेर, ढाँटेर खान पर्दैन । राम्रै जीवन बाँच्न सक्छौँ । तर, देशलाई उज्यालो देखाउन आएका हौँ,’ उनले भने, ‘देश लुटिएको टुलुटुलु हेर्न नसकेर राजनीतिमा आएका हौँ । इतिहास लेख्ने काम भएको छ । पाँच महिनामा एउटा दलले २१ संसद लिएर राष्ट्रिय दल बनेको इतिहास कमै सुन्न पाइन्छ।’ 

जनताले आँट गरेमा परिवर्तन सम्भव हुने यसअघि नै पुष्टि भएको भन्दै इलामले रास्वपा उम्मेदवार मिलन लिम्बूलाई जिताएर अर्को आँट गर्नुपर्ने बताए । विगतदेखि जनताले एउटै राजनीतिक दललाई मत दिँदा प्रतिनिधिले विकास गर्न नसकेको भन्दै अब जनता बदलिनुपर्ने बताए। 

‘बदलिएमा सम्भव छ भन्ने पुष्टि भइसकेको छ । हामीले सकिन्छ भनेर एकपटक देखाइसकेका छौँ । सुरुमा टिभीमा मलाई मात्र देख्नुभएको थियो । अहिले त हाम्रो शिक्षामन्त्री, श्रममन्त्री, खेलकुदमन्त्रीलाई हेरिरहनुभएको छ नि ?,’ लामिछानेले भने, ‘मन्त्री मात्र हाेइन, यस्ता कैयौँ एक से एक मानिस हामीसँग आएका छन् । टोलटोल र बस्तीमा जान्छौँ र हामीसँग योग्य र क्षमतावान् व्यक्ति छन् भन्छौँ । उनीहरूको बलमा परिवर्तन गर्छौँ। हातमा ढुंगा छैन । तर, सबै क्षेत्रका क्षमतवान् व्यक्ति छन्।’

उनले गत निर्वाचनमा इलाम २ ले समानुपातिकतर्फ राम्रो मत दिएर रास्वपाको बिउ रोपेको दाबी गरे। ‘समानुपातिकमा राम्रो मत दिएर बिउ रोप्नुभयो। अहिले मिलन लिम्बू बिरुवा बनेर आएको छ। मलजल गर्नुहोला। हामी पैसा बाँड्ने या साँझ चिरिप्प लगाएर चुनाव जित्न सक्दैनौँ । यसमा हाम्रो क्षमता हैसियत छैन। रहर र इच्छा पनि छैन,’ उनले भने, ‘इलामले मिलन लिम्बूलाई न्याय गर्नेछ । अब इलामले नयाँ अभ्यास गरेर रास्वपाको २२औँ सांसदको रूपमा मिलनलाई सदनमा पठाउनुहुनेछ।’