१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेलम्चीमा भ्रष्टाचार : अध्यागमनका महानिर्देशक तामाङसँग ५० हजार धरौटी माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:५१:oo

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तथा अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङलाई विशेष अदालतले धरौटी माग गरेको छ। खानेपानी आयोजनामा भ्रष्टाचार गरेको विषयमा उनी अदालत उपस्थित भएकोमा धरौटी माग गर्ने आदेश भएको हो। 

बिहीबार विशेषका सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो आदेश गरेको हो। हानी-नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएकोमा उनीसँग ५० हजार रुपैयाँ धरौटी माग गरिएको विशेषका अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए। 

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुनमा मुद्दा दायर गरेकोमा दुई महिनापछि उनी उपस्थित भएका हुन्। तामाङविरुद्ध ११ करोड नौ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको थियो। 

उनीसमेतको मिलेमतोमा मेलम्ची आयोजनामा भ्रष्टाचार भएको दाबीसहित मुद्दा दायर भएको छ। तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध दायर मुद्दा हाल विशेषमा विचाराधीन छ।