१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १३:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा

डिफेन्डिङ च्याम्पियन म्याचेस्टर सिटी टाइब्रेकरमा रियल मड्रिडसँग स्तब्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:५१:oo

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई टाइब्रेकरमा हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति नै आर्सनललाई हराउँदै बायर्न म्युनिखले पनि अन्तिम चारमा स्थान बनाएको छ।

मड्रिडले सिटीलाई बुधबार पेनाल्टी सुटआउटमा चार–तीन गोलअन्तरले हराएको हो। गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय भएको हो।

त्यसअघि सिटीको घरमा भएको खेलमा दुवैले निर्धारित ९० र थप गरिएको ३० मिनेटमा एक–एकको बराबरी खेलेका थिए। त्यसअघि मड्रिडको घरमा दुवैले तीन–तीनको बराबरी खेलेका थिए।

यस्तै, बायर्न म्युनिखले आर्सनललाई दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा तीन–दुई गोलअन्तरको नतिजा निकाल्दै अन्तिम चारमा स्थान पक्क गरेको हो।
त्यसअघि आर्सनलको मैदानमा भएको पहिलो लेग दुई–दुईको बराबरीमा टुंगिएको थियो ।

अब फाइनल प्रवेशका लागि बायर्नले मड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी)ले बरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछन्। मंगलबार राति भएको खेलमा पिएसजीले बार्सिलोना र डर्टमन्डले एट्लेटिको म्याड्रिडको चुनौती समाप्त गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। 

ad
ad