१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

वनको आगो बस्ती पस्दा काभ्रेकाे रोशीमा १५ घर जले 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o७:३७:oo

काभ्रेमा वनमा लागेको आगो बस्ती पस्दा १५ घर जलेका छन् । रोशी गाउँपालिकाको सामुदायिक वनमा लागेको आगो मंगलबार बस्ती पस्दा १५ घर जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनका अनुसार १५ घर, १० गोठ र आठ शौचालय जलेका छन् । बस्तीमा लागेको आगो नेपाली सेना, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् । तर, जंगलको डढेलो भने नियन्त्रणमा आएको छैन । 

घरमा आगलागी भएपछि स्थानीय बासिन्दा आफन्तको घरमा शरण लिन पुगेका छन् । गाउँपालिकाले तत्कालका लागि चाउचाउ, चिउरालगायत खानेकुराको व्यवस्था गरेको छ । बुधबार जिल्ला विपत् व्यवस्थापन समितिको टोलीसहित गएर खाद्यान्न र अस्थायी बसोवासको जोहो गरिने पालिका अध्यक्ष लामाले बताए । 

त्यस्तै, काभ्रेको खानीखोला गाउँपालिका– ३, सौरेमा पनि आगलागी भएको छ । आगलागीबाट एक घर र एउटा गोठ जलेको छ । मंगलबार बिहान करिब ८ बजेदेखि चुनिखोलाबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । पानी पर्याप्त नभएको र आगलागी ठूलो क्षेत्रमा फैलिएकाले नियन्त्रण कठिन भएको वडाध्यक्ष सागर लामाले बताए ।

सोमबार खानीखोला– ३ जुरेमा भएको आगलागीबाट बृहत् खानेपानीको पाइप जलेको थियो । जसकारण खानेपानीको अभाव भएको छ । आगलागीले भृकुटी माविको भवनमा पनि क्षति पुर्‍याएको थियो ।

ad
ad