१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:१९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलामा सात सयले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु. सात सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु. सात सयले वृद्धि भई रु. एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ।

शुक्रबारको तुलनामा आइतबार रु. दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो।

यस्तै, तेजाबी सुन आज प्रतितोला रु. एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. १५ ले वृद्धि भएको छ।

आइतबार प्रतितोला रु. एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार सात सय १५ निर्धारण भएको छ।