Skip This
कांग्रेसले सहकारीपीडितलाई न्याय दिन होइन, सत्तागठबन्धनमा भ्वाङ पार्न कुरा उठाएको हो : एमाले सांसद थापा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २८ बुधबार
  • Saturday, 27 July, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २८ बुधबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले सहकारीपीडितलाई न्याय दिन होइन, सत्तागठबन्धनमा भ्वाङ पार्न कुरा उठाएको हो : एमाले सांसद थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २८ बुधबार १३:५o:oo

सत्तारूढ दल एमालेका सांसद सूर्य थापाले गृहमन्त्री लामिछानेमाथि सहकारीको ठगीमा अनुसन्धान खोजेर कांग्रेसले सत्तागठबन्धनमा भ्वाङ पार्न खोजेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद थापाले तथ्य र प्रमाणको आधारमा सदनमा प्रस्तुत हुनुभन्दा कांग्रेसले सत्तागठबन्धनमा भ्वाङ पार्न खोजेको बताएका हुन्।
 
उनले कास्की जिल्ला अदालतमा विचाराधीन विषय सदनमा उठाउन नपाइने जिकिर पनि गरे। ‘सूर्यदर्शन सहकारीको विषय कास्की जिल्ला अदालतमा विचाराधीन विषय हो । अदालतमा विचाराधीन विषय यहाँ बहसको विषय हुन्न भन्ने कांग्रेसलाई थाहा छ । तर, थाहा पाएर पनि उठाइएको छ । सहकारीकाे विषयमा छलफल गरेर निष्कर्षमा पुर्‍याउन होइन, गठबन्धनमा भ्वाङ पार्न सकिन्छ कि भनेर हो,’ सांसद थापाले भने ।

उनले आफू सरकारमा हुँदा विपक्षीले महिनौँ दिनसम्म आवाज उठाउँदा पनि नसुन्ने कांग्रेसले अहिले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्नु न्यायोचित नभएको पनि बताए।

सुन तस्करीको छानबिनको विषयमा एमालेले लामो समयसम्म छानबिन समिति गठनको माग गर्दै आवाज उठाउनुपरेको चर्चा गर्दै उनले भने, ‘देशका लागि तथ्यका आधारमा एजेन्डा उठाउँदा परिणाम आउँछ भन्ने कुरा सुनकाण्डमा एमालेले प्रमाणित गरेको छ । कांग्रेसले पनि प्रमाणको आधारमा बोलोस्।’