१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

गुजरातविरुद्ध नेपाल १८ रनले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५७:oo

एसएमएस फ्रेन्डसिप कप २०२४ को उपाधि नेपालले जितेको छ। फाइनलमा गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७६ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा गुजरात आठ विकेट गुमाएर एक सय ५८ रनमै सीमित भयो।

गुजरातको बापीस्थित क्रिकेट मैदानमा गुजरातलाई सस्तैमा रोक्न अविनाश बोहोराले तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई तथा कुशल मल्ल र करन केसीले समान एक–एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७४ रनको महत्त्वपूर्ण इनिङ्स खेले। ४७ बल खेलेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे। उनले ३३ बलमै अर्धशतक पूरा गरे।

यसैगरी, विस्फोटक ब्याटर कुशल मल्लले १३ बलमै ३१ रन प्रहार गरे। उनी अविजित रहे। ओपनर आसिफ शेखले ३१ बलमा २९ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले १९ रन बनाए। दीपेन्द्रसिंह ऐरीले तीन बलमा सात रन बनाएर आउट भए।

नेपालले २१ को अवस्थामा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटका रूपमा गुमाएको थियो। त्यसपछि अर्का ओपनर आसिफ शेख र कप्तान रोहितबीच ७७ रनको साझेदारी बन्यो।

आसिफ आउट भएपछि नेपालले तीव्रगतिमा रन बटुल्यो। रोहित र फोर्थ डाउनमा आएका कुशल मल्लले ३० बलमै ५२ रनको साझेदारी गरे। रोहित टिमको स्कोर एक सय ५० हुँदा आउट हुन पुगे।

ad
ad