१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संसदमा सम्बोधनपछि राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१८:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिने तयारी गरेका छन्। विश्वासको मत पाउन सक्ने अवस्था नरहेपछि उनले राजीनामा दिने तयारी गरेका हुन्।

आज अपराह्न ४ बजे विश्वासको मत लिने तयारी गरिएको भए पनि विश्वासको मत नलिई राजीनामा दिने तयारी रहेको कांग्रेस संसदीय दलका सचेतक निमा गिरीले बताए। मुख्यमन्त्री चौधरीले ४ बजे संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन्। 

सत्तापक्ष गठबन्धनले भने ४४ जना सांसदको हस्ताक्षर संकलन गरेको छ। एमालेका २९, माओवादी केन्द्रका १० (सभामुखबाहेक), जसपाका तीनजना, एकीकृत समाजवादीका एकजना र एकजना स्वतन्त्र सांसदको हस्ताक्षर तयारी अवस्थामा राखिएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए। 

आज जसपाबाट कृषिमन्त्री भएका भण्डारीलाल अहिरले राजीनामा दिएका छन्। लुम्बिनीमा कांग्रेसका २७ सांसद छन्। त्यस्तै, राप्रपाका चारजना सांसद भएपछि जानकीलाल यादव भ्रष्टाचारको मुद्दा परेपछि निलम्बनमा परेका छन्। 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका चार सांसद भए पनि लुम्बिनीमा सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय गरेको छैन। जनमत र लोकतान्त्रिक समाजवादीका तीन–तीनजना तथा राष्ट्रिय जनमोर्चाका एकजना सांसद लुम्बिनीमा छन्। ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ।
 

ad
ad