निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम फुकुवा गर्न सांसद यादवको माग

अदालतले संसद्को क्षेत्राधिकार कटौती गरेको सांसद कुँवरको टिप्पणी

बुधबार, २१ चैत, २०८०
डिजिटल संस्करण
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम फुकुवा गर्न सांसद यादवको माग

फाइल फाेटाे ।

सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा रोक लगाउने आदेशमा पुनर्विचार गर्न सर्वाेच्च अदालतको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै जसपा प्रमुख सचेतक प्रदीप यादवले आफ्नो क्षेत्रको विकास निर्माणमा सांसद जोडिने कार्यक्रम रोक लगाउने सर्वाेच्चको निर्णय एकपक्षीय भएको भन्दै फुकुवा गर्न माग गरेका हुन् । 

सांसद यादवले सर्वाेच्चले कार्यक्रमको प्रकृति नबुझेर फैसला गरेको भन्दै पुनरावलोकन गर्न प्रधानन्यायाधीश र न्यायाधीशहरूको ध्यानाकर्षण गराए । पूर्वाधार विकास कार्यक्रम सांसद विकास कोष नभएको, योजना छनोटमा मात्र सांसदको भूमिका रहने र कार्यान्वयन सरकारी निकायले नै गर्ने भन्दै यादवले एकपक्षीय रूपमा गरेको फैसलामा पुनर्विचार हुनुपर्ने माग गरे । 

जनताले बाटो, खानेपानी, सडकजस्ता विकास निर्माणको कामका लागि सांसदलाई भन्ने गरेको उल्लेख गर्दै यो कुरा न्यायमूर्तिले बुझ्नुपर्ने उनको भनाइ थियो । 

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले पूर्वाधार विकास कार्यक्रममाथि सर्वाेच्चले रोक लगाउनु संसद्को अपमान र क्षेत्राधिकार हस्तक्षेप भएको टिप्पणी गरे । आगामी बजेट निर्माण अन्तिम चरणमा पुगेको भन्दै कुँवरले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश गरेर कार्यान्वयनमा ल्याउन माग गरे ।

सुझावित समाचार