गिरोहमा परिणत भएका दल र यसका नेता नसच्चिएसम्म समाजवाद आउँदैन : संविधानविज्ञ महतो

मंगलबार, २० चैत, २०८०
डिजिटल संस्करण

संविधानविज्ञ सुरेन्द्र महतोले राजनीतिक दल र नेताहरू रूपान्तरण नभएसम्म नेपाली विशेषताको समाजवाद आउन नसक्ने बताएका छन्

समाजवादी मोर्चाले आज राजधानीमा गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तर्क्रियामा वरिष्ठ अधिवक्ता महतोले दल र नेताहरू नै बिग्रिएको यही अवस्थामा नेपालमा समाजवाद आउन नसक्ने बताए।

‘दलहरू गिरोहमा परिणत भएका छन् । यिनलाई जनताको कुनै मतलब छैन,’ उनले भने, ‘दल र यसका नेताहरू, राज्य सञ्चालकहरूले आफूलाई रूपान्तरण नगरेसम्म नेपाली विशेषताको समाजवाद आउँदैन।’

उनले समाजवादतर्फ अघि बढ्न अहिलेको संविधान र यसका व्यवस्थाले नरोकेको भन्दै नेताहरूकै इमानदारीमा समस्या रहेको धारणा राखे।
 

सुझावित समाचार