१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जुम्बा : मनोरञ्जनसँगै फिटनेस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३o:oo

जुम्बाका धेरै मानसिक तथा शारीरिक फाइदा छन् । यसले तपाईंको शरीरलाई स्वस्थ राख्छ । तपाईंलाई ऊर्जाशील बनाउँछ । दैनिक एक घण्टा जुम्बा गरेर शरीरलाई फिट र स्वस्थ  राख्न सकिन्छ । यसमध्ये १० मिनेट वार्मअप र पाँच मिनेट कुलडाउन हुन्छ ।

बाँकी ४५ मिनेट संगीतको तालमा मनोरञ्जन गर्दै बित्छ । त्यही कारण यसले वर्कआउटभन्दा पनि एउटा डान्स पार्टीजस्तो महसुस गराउँछ  । तपाईंको अनुहारमा हाँसो हुनेछ, यो नै महत्वपूर्ण कुरा हो ।

स्ट्रेसबाट बाहिर निस्कनका लागि र फिटनेसका लागि जुम्बा महत्वपूर्ण  छ । सबै उमेर समूहकाले यो गर्न सक्छन् । १२ वर्षदेखि ६० वर्षसम्मका मानिस आउन सक्छन् । स्टेपहरू फलो गर्नलाई धेरै सहज छन् । 

ad
ad