१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : दुर्गन्धित कपडा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:o४:oo

जापानको ओसाका सहरनजिकैको गाउँमा एक बौद्ध भिक्षु बस्थे । उनको ख्याति पूरै देशभर फैलिएको थियो । टाढाटाढाबाट मानिस उनीसित भेटघाट गर्न र आफ्ना समस्याको समाधान खोज्न आउने गर्थे । 

एक दिनको कुरा हो, भिक्षु आफ्ना एक अनुयायीका साथ प्रातकालीन भ्रमण गर्दै थिए । अचानक गाउँका एक व्यक्ति नजिक आएर भिक्षुलाई चर्को गालीगलोज गर्न थाले । उनले जानेजति अपशब्द प्रयोग गर्दै भिक्षुलाई गाली गरिरहे । तर, भिक्षु भने उनको कुरा सुन्दै नसुनेजस्तो गरी मुस्कुराउँदै बिहानी भ्रमणको मजा लिँदै हिँडिरहे । भिक्षुको यस्तो चाला देख्दा ती गाउँले झनै आक्रोशित बने र भिक्षुका पुर्खालाई समेत जोडेर गालीगलोज गर्न थाले । तैपनि, भिक्षु शान्तभावले मुस्कुराउँदै अघि बढिरहे । भिक्षुमाथि आफ्नो गालीको कुनै प्रभाव नपरेको देखेर ती गाउँले निराश भए र आफैँ भिक्षुको बाटोबाट हटे । 

भिक्षुको त्यस्तो चाला देखेर उनका अनुयायीले अचम्म मान्दै सोधे– गुरुदेव, त्यस दुष्ट मानिसले हजुरलाई त्यति नराम्रो भन्दा पनि किन जवाफ दिनुभएन ? झन् हजुर त उल्टै मुस्कुराइरहनुभयो । के हजुरलाई उसको भनाइले कुनै कष्ट भएन ?

भिक्षु केही बोलेनन् । उनले अनुयायीलाई आफ्नो पछाडि आउन इसारा गरे । केहीबेर हिँडेपछि उनीहरू भिक्षुको कुटीमा पुगे । अनुयायीलाई बाहिरै छाडेर भिक्षु कुटीभित्र पसे । केहीबेरपछि भिक्षु एउटा मैलो र थोत्रो लुगा लिएर बाहिर निस्किए र सो कपडा तिनै अनुयायीलाई दिँदै भने– ल, आफ्नो लुगा फुकालेर यो लुगा लगाऊ त तिमी । 

लुगाबाट अनौठो दुर्गन्ध आइरहेको थियो । त्यसैले, अनुयायीले भिक्षुको हातबाट कपडा लिनासाथ टाढा फ्याँकिदिए । भिक्षुले भने– के भयो ? तिमी यो मैलो लुगा लगाउन सक्दैनौ, होइन त ? हो, ठीक यसैगरी म पनि ती गाउँलेले दिएका अपशब्द कसरी धारण गर्न सक्छु त ? यति याद राख, कसैले तिमीलाई नराम्रो भन्दैमा तिमी क्रोधित हुन्छौ भने तिमी सफा लुगा फुकालेर पुराना, थोत्रा, मैला र दुर्गन्धित लुगा लगाइरहेका हुन्छौ ।

ad
ad