रुसी सेनामा कार्यरत नेपालीका परिवारद्वारा सिंहदरबारअगाडि प्रदर्शन [तस्बिरहरू]

सोमबार, १९ चैत, २०८०
डिजिटल संस्करण

रुसी सेनामा कार्यरत नेपालीको परिवार तथा आफन्तले आज सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन्।

रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउनुपर्ने, मृत्यु भएकाहरूको शव ल्याइदिनुपर्नेलगायतका माग राखी उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनमा उत्रिएका करिब १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ।

तस्बिरहरू :

सुझावित समाचार