१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३४:oo

हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ नामक योजना ल्याएको छ । कम्पनीले सोमबारदेखि देशभर लागू हुने गरी प्रवद्र्धनात्मक योजना ल्याएको हो । योजनाअनुसार आफ्नो ग्राहकको यात्रा खास बनाउन यसपालि तीन गुणा नगद छुटको आकर्षक अफर ल्याएको कम्पनीको दाबी छ ।

‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ अन्तर्गत ग्राहकले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने जनाइएको छ । यसका साथै योजनाअन्तर्गत ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीको भनाइ छ । 

आफ्ना ग्राहकका सन्तुष्टिका निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहकलक्षित योजना सार्वजनिक गर्दै आइरहेको उल्लेख गरेको छ । यही क्रममा योजनाअन्तर्गत ग्राहकले स्क्र्याचको तीन गुणासम्म नगद छुट प्राप्त गर्न सक्ने जनाइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको जनाएको छ ।

सबै हुन्डाई गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ र इभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयुभी, एसयुभी तथा इभी गाडी खरिद गरी फाइदा लिन सकिने जनाइएको छ ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १७ सोरुम तथा १९ सर्भिस सेन्टर र ४५ भन्दा बढी चार्जिङ प्वाइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।
 

ad
ad