१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रामेछाप विमानस्थल
दीपक भट्ट रामेछाप
Invalid date format १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौसम खराब हुँदा रामेछाप–लुक्ला उडान प्रभावित

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १४:४९:oo

सोलुखुम्बुको लुक्लामा मौसम खराबीका कारण रामेछाप विमानस्थलबाट लुक्लाको उडान प्रभावित भएको छ। बिहानैदेखि लुक्ला विमानस्थलको भिजिबिलिटी कम हुँदा सबै जहाज रामेछाप विमानस्थलमै होल्ड गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख प्रज्वल गुरागाईंले जानकारी दिए।

उनले भने, ‘लुक्ला विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाजले अवतरण गर्ने अवस्था छैन। तर, हेलिकोप्टरले भने दिउँसो १ः१५ बजेदेखि रामेछापदेखि सुर्खेतसम्म चार्टर उडान भर्दै आएका छन्।’

रामेछापको मौसम सफा रहे पनि लुक्लातर्फको मौसम खराब भएकाले जहाज उडान हुन नसकेको हो। उडान नहुँदा सगरमाथा आधार शिविरतर्फ हिँडेका करिब दुई सय विदेशी पर्यटक रामेछाप विमानस्थलमा मौसम सुधारको पर्खाइमा बसेका छन्।

काठमाडाैं विमानस्थलबाट नियमित सोलुतर्फको उडान भर्दा दैनिक ट्राफिक जाम भएका कारण नागरिक उड्डयन प्राधिकरणले सोलुतर्फको उडान रामेछाप विमानस्थलबाट गर्ने गरी व्यवस्थापन गरेको थियो। विमानहरूले वसन्त ऋतुमा चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज महिनादेखि मंसिरको १५ सम्म उडान भर्दै आएका छन्।

सोलुको लुक्ला जाने पर्यटकलाई ट्राभल एजेन्सीहरूले बिपी राजमार्ग हुँदै सवारीसाधनमार्फत रामेछाप विमानस्थलमा ल्याउने र यहाँबाट हवाईजहाजमार्फत लुक्ला उड्ने व्यवस्थापन गर्ने गरेका छन्।