१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शौचालय वर्गीकरण गर्ने विषयमा सोमबार सार्वजनिक शौचालयका सञ्चालकसँग महानगरले आयोजना गरेको छलफल ।
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १३ मंगलबार ०८:४२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौंका सार्वजनिक शौचालय वर्गीकरण गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १३ मंगलबार ०८:४२:००

काठमाडौं महानगरले यहाँका सार्वजनिक शौचालयको वर्गीकरण गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारका अनुसार सूचकका आधारमा शौचालयको वर्गीकरण गरिनेछ । 

सार्वजनिक–निजी साझेदारी एकाइले सोमबार आयोजना गरेको सार्वजनिक शौचालयका सञ्चालकसँगको छलफलका क्रममा परियारले यस्तो धारणा राखेका हुन् । उनले भने, ‘अहिले हामीले सर्वसाधारणलाई नि:शुल्क शौचालय उपलब्ध गराउने संघ–संस्थालाई सहयोग गरिरहेका छौँ । महानगरको सुविधा लिएर शौचालय प्रयोग खुला नभएको गुनासो पनि आएका छन् । कतिले धेरै राम्रो पनि गर्नुभएको छ ।’ सेवा दिने र नदिने तथा धेरै उपयोग हुने र कम उपयोग हुनेजस्ता सूचकका आधारमा नि:शुल्क सार्वजनिक शौचालयको वर्गीकरण गर्ने र सेवा तथा स्वच्छताका आधारमा सहयोग उपलब्ध गराउने योजना रहेको उनको भनाइ छ । 

सहरमा भएका हरेक व्यक्तिले चाहेका वेला शौचालय नि:शुल्क प्रयोग गर्न पाउने वातावरण मिलाउन महानगरले निजी तथा व्यावसायिक, वित्तीय तथा सार्वजनिक संघ–संस्थालाई आफूसँग भएका शौचालय नि:शुल्क सार्वजनिक शौचालयका रूपमा रूपान्तरण गर्न प्रोत्साहन गरिरहेको छ । यसरी सञ्चालन भएका शौचालय सफा राख्न महानगरपालिकाले सफाइमा प्रयोग हुने जिन्सी सामग्री उपलब्ध गराउने गरेको छ । एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्य भन्छन्, ‘चालू आर्थिक वर्षमा थप तीन सयवटा शौचालय सार्वजनिक रूपमा सञ्चालन गर्ने लक्ष्य छ ।’ यसक्रममा गत शुक्रबार ११ वटासँग सम्झौता भइसकेको छ ।