१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर ।
शिल्पा कर्ण काठमाडौं
२०८० चैत ९ शुक्रबार १४:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी उपाध्यक्ष महरा हाजिरी जमानतमा रिहा

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०८० चैत ९ शुक्रबार १४:१७:००

सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन् । 
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको अनुमतिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई रिहा गरेको हो । 

अदालतले दिएको चार दिनको म्यादभित्रै महराको बयान सकिएको र स्वास्थ्य अवस्था कमजोर रहेकाले उनलाई हाजिरी जमानतमा छाड्न अनमुति दिइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले नयाँ पत्रिकालाई जानकारी दिए । ‘अहिलेलाई बयान पनि सकिएकाे छ । मुख्यतः उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हाजिरी जमानतमा छाडिएको हो,’ अर्यालले भने ।

सिआइबीले महरालाई जेठा छोरा निर्मलको जिम्मा लगाएको छ । कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा छन् । चार दिन प्रहरी हिरासतमा राखिएका महरासँग सिआइबी र सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । 

सुन तस्करी गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएपछि प्रहरीले महरामाथि अनुसन्धान गरेको हो । बयानका क्रममा भने महराले वाङसँग चिनजान भए पनि कारोबारमा संलग्न नभएको बयान दिएका छन् । 

पूर्वसभामुख तथा पूर्वगृहन्त्रीसमेत रहिसकेका महरालाई ५ चैतमा कपिलवस्तुबाट पक्राउ परेर प्रहरीले त्यसै दिन काठमाडौं ल्याएको थियो । 

सोही दिन अदालत उपस्थित गराइएकोमा जिल्ला अदालत काठमाडौंले पहिलोपटक चार दिन हिरासतमा राखी अनुसन्धान गर्न सिआइबीलाई म्याद दिएको थियो । उक्त म्याद आज सकिँदै थियो । सिआइबीले भने अनुसन्धानका लागि सात दिनको म्याद मागेको थियो ।