१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारी वकिलको कार्यालयमा महरा (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:५२:oo

कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा पुर्‍याएको छ । 

केहीबेरपछि उनलाई जिल्ला अदालतमा पेस गरिनेछ । अदालतमा म्याद थपसम्बन्धी आदेश आउनेछ ।

कपिलवस्तुबाट भैरहवा पुर्‍याई गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एअरको विमानबाट महरालाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालय लगिएको थियो । 

सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि गृह मन्त्रालयले प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

सिआइबीका एसपी होविन्द्र बोगटीले महरालाई संगठित अपराध कसुरमा प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।  

ad
ad