१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ९ शुक्रबार १०:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वस्वसहित जन्मकैदकाे सजाय पाएका व्यक्ति २२ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
२०८० चैत ९ शुक्रबार १०:४९:००

सर्वस्वसहित जन्मकैदको सजाय पाएका एकजना फरार व्यक्ति  २२ वर्षपछि नवलपरासीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार बर्दघाट नगरपालिका- १६ निवासी ४२ वर्षीय केशव गुरुङ पक्राउ परेका हुन् । 

उनले ०५८ साल कात्तिक १५ गते बर्दघाट नगरपालिका- १६ सूर्यबस्तीनिवासी बुद्धिजंग रानालाई गोली प्रहार गरी हत्या गरेका थिए । घटनापश्चात् भारत र नेपालका विभिन्न स्थानमा लुकी बस्दै आएका गुरुङ अहिले गाउँघरमै लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ परेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत परासीमा पेस गरिएको प्रहरीले जनाएको छ । 

उनले ०५८ कात्तिक १५ गते राति सांस्कृतिक कार्यक्रम हेर्न गएका रानालाई सांस्कृतिक कार्यक्रम सकेर फर्कने क्रममा मोटरसाइकलको हेलमेटको विषयमा झगडा हुँदा गोली प्रहार गरी हत्या गरेका थिए । उनको कात्तिक १६ गते शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो । अभियुक्त गुरुङलाई अदालतले ०६६ साल असार २८ गते सर्वस्वसहित जन्मकैदकाे सजाय सुनाएको थियो ।