१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कमलराज भट्ट काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बजेटमा ‘सांसद विकास कोष’ अनिवार्य ल्याउन सांसदहरूको माग

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४१:oo

सांसदहरूले आगामी बजेटमा सांसद विकाष कोष सुनिश्चित गर्न माग गरेका छन् । 
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष ०८०/८१ का लागि  विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिँदै सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सुनिश्चित गर्न अर्थमन्त्री वर्षमान पुनको ध्यनाकर्षण गराएका हुन् । 

‘सर्वोच्चको नाममा रोक्न खोजिएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अनिवार्य ल्याउन म अर्थमन्त्रीको ध्यान आकर्षित गर्छु,’ सांसद रामहरि खतिवडाले भने ।

सांसद प्रदीप यादवले निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि कम्तीमा १० करोड रकम विनियोजन गर्न माग गरे । अन्य सांसदले पनि विकास निर्माणमा जनप्रतिनिधिको भूमिकाका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । 

अघिल्लो वर्ष प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच करोड रुपैयाँ दिने बजेटको व्यवस्था व्यवस्थापिकाको कार्यभित्र नपर्ने भन्दै सर्वोच्च अदालतले रोक लगाएको थियो ।

ad
ad