१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ५ सोमबार
  • Saturday, 26 April, 2025
२o८o चैत ५ सोमबार १२:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिपर दुर्घटना हुँदा चालक च्यापिए, उद्धारकाे प्रयास जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ५ सोमबार १२:o२:oo

मकवानपुरको भीमफेदी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालक च्यापिएका छन्। उनको उद्धार प्रयास भइरहेको छ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार भीमफेदी गाउँपालिका– १ खोप्लाङस्थित भैँसे–हेटौँडा सडकखण्डमा टिपर दुर्घटना भएको हो।

रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुंगाखानीबाट ढुंगा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना.८ख ८९१० नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको छ।

टिपरचालक जिल्ला हटौँडा उपमहानगरपालिका– १५ भोर्लेका ४३ वर्षीय वीरबहादुर वाइबा च्यापिएको अवस्थामा रहेको र उनको उद्धारको प्रयास भइरहेको प्रवक्ता भण्डारी जानकारी दिए। 

उद्धारमा जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको टोली र नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर  सुपारेटार ब्यारेकबाट सेनको टोली खटिएको छ।