१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०८० चैत ४ आइतबार २२:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेशको कृषि मन्त्रालयका अधिकृत झालाई ६ महिना कैद सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०८० चैत ४ आइतबार २२:१९:००

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत एक अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले मन्त्रालयका वरिष्ठ शाखा अधिकृत ओमनारायण झामाथि कसुर कायम गर्दै सजाय सुनाएको हो। 

विशेषले आठ महिनाअघि दायर मुद्दामा आंशिक ठहरको फैसला गरेको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट भएको फैसलाअनुसार दुई प्रतिवादीमध्ये झालाई सजाय सुनाइएको छ भने व्यवसायी अरहुला कुमारीले सफाइ पाएकी छन्।

झालाई ६ महिना कैद सजाय सुनाइएको छ। साथै, विशेषले तीन लाख ३२ हजार रुपैयाँ बिगो कायम गर्दै बिगो बमोजिम जरिवाना हुने र बिगो असुलउपर हुने फैसला सुनाएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झा र अरहुलालाई प्रतिवादी बनाउँदै आठ महिनाअघि मुद्दा दायर गरेको थियो । आयोगमा आर्थिक वर्ष ०७८÷७९ मा मन्त्रालयले प्रदेशका आठवटै जिल्लामा सञ्चालन गरेको आयमूलक तालिमका क्रममा प्रक्रिया नपुर्याई पेस्की लिएको, नक्कली बिल भरपाइ गरेकोलगायत उजुरी परेको थियो । 

जसमाथि अनुसन्धान गर्दा झाले आर्थिक वर्ष ०७९÷८० मा रकम हिनामिना गरेको पुष्टि भएको थियो । जसपछि २७ असारमा मुद्दा दायर भएको हो । 

सहकारीसम्बन्धी आयमूलक तालिमका लागि मन्त्रालयबाट पेस्की रकम लिई झाले भ्रष्टाचार गरेको र खर्च भएकोभन्दा बढी रकमको बिल पेश गरेको दाबी अख्तियारको थियो । झाले शोधभर्नाका लागि झुठा बिलसमेत तयार गरेका थिए । 

अस्वाभाविक रुपमा बढी मूल्य तिरी झोला खरिद गरेको र अन्य विभिन्न शीर्षकमा समेत अनियमितता गरेको पुष्टि भएपछि झाविरुद्ध सात लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो ।