Skip This
किर्ते हाजिर गरी शिक्षकको तलब बुझ्ने प्रअलाई ६ महिना कैद सजाय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख २७ बिहीबार २१:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

किर्ते हाजिर गरी शिक्षकको तलब बुझ्ने प्रअलाई ६ महिना कैद सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार २१:४५:oo

विशेष अदालतले सुर्खेतको लेखफर्सा महेन्द्रगन्जस्थित एक विद्यालयका प्रधानाध्यापकलाई कैद तथा जरिवाना सुनाएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बाँस्तोलाको बुधबारको इजलासले श्री आदर्श माविका प्रधानाध्यापक तथा शिक्षकलाई सजाय सुनाएको हो । 

इजलासले यस मुद्दामा आंशिक ठहरको फैसला गरेको छ । विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्यसचिव तथा प्रधानाध्यापक भीमबहादुर ज्ञामी र तत्कालीन खातावाला तथा लेखा शिक्षक भक्तबहादुर ज्ञामीलाई सजाय सुनाइएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । 

‘प्रतिवादीमध्ये दलबहादुर सिंहलाई सफाइ दिइएको छ भने प्रधानाध्यापक र शिक्षकलाई दोषी ठहर गर्दै ६-६ महिना कैद तथा जरिवाना र बिगो भराउने आदेश भएको छ,’ प्रवक्ता योगीले नयाँ पत्रिकासँग भने। 

उनीहरूले विद्यालयमा अनुपस्थित मावि शिक्षकका नाममा जिल्ला शिक्षा कार्यालयबाट तलब निकासा गरेका थिए । तत्कालीन स्रोत व्यक्ति सिंहको सिफारिसका आधारमा एक वर्ष काम गरेको किर्ते हाजिरीसहितका नक्कली कागजात बनाई भीमबहादुर र भक्तबहादुरले दुई लाख ३८ हजार पाँच सय ३० रुपैयाँ निकासा गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जाँचबुझले देखाएको थियो । अख्तियारले तीनैजनाविरुद्ध विशेष अदालतमा १५ असार ०७६ मा भ्रष्टाचार मुद्दा दायर भएको थियो । 

ad
ad