Skip This
सिँचाइ विभागका सिडिई शर्मालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिँचाइ विभागका सिडिई शर्मालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १८:३o:oo

विशेष अदालतले जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेशकुमार शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ। आइतबार विशेषको इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला सुनाउँदै ६ महिना सजाय तोकेको हो।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ असोज २०७७ मा दायर गरेको मुद्दामा शर्माकी श्रीमती बबिता फुँयालको नाममा रहेको जग्गा जफत गर्ने आदेशसमेत भएको विशेषले जनाएको छ। 

विशेषका अनुसार शर्मालाई ६ महिना कैदका साथै ९२ लाख ४२ हजार रुपैयाँ बिगो कायम भई उक्त रकम जरिवाना भराउन आदेश भएको छ। साथै, उनकी श्रीमती बबिताको नाममा विभिन्न स्थानमा रहेका पाँच कित्ता जग्गा जफतको आदेश भएको छ।

सिँचाइ विभाग ललितपुरमा कार्यरत शर्माले सार्वजनिक सेवामा प्रवेश गरेदेखि ०७६/७७ सम्म दुई करोड ३५ लाख ३१ हजार रुपैयाँ वैध आय गर्नुपर्नेमा तीन करोड ६ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति र खर्च गरिएको भेटिएको थियो। जसपछि स्रोत नखुलेको रकमलाई अवैध मान्दै सो रकम र त्यसबाट बढे बढाएको सम्पत्तिसमेत जफत र असुलउपर हुनुपर्ने मागसहित अख्तियारले मुद्दा चलाएको थियो।

ad
ad