१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १ बिहीबार १०:४४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बच्चाको पढाइ सुधार्न यसाे गराैँ

Read Time : < 1 मिनेट
२०८० चैत १ बिहीबार १०:४४:००
  • अभिभावकहरू बच्चाको पढाइ बिग्रियो भनेर गुनासो गरिरहेका हुन्छन् । बच्चाको अध्ययन सुधार्नका लागि उनीहरूलाई पढ्ने वातावरण बनाइदिनुपर्छ । जब बच्चाले पढाइको मज्जा लिन थाल्छ, त्यसपछि उसमा अध्ययनको भोक जाग्छ । 
  • बच्चाको इच्छा बुझेर आफू पनि त्यही सामग्री पढ्नुस् र छलफल गर्नुस् । यस्तो हुँदा बच्चाको लगाव र जिज्ञासा बढेर जान्छ । उनीहरूलाई कथा वा कार्टुन जे मन पर्छ, त्यही पढ्न दिँदा हुन्छ । तर, महत्वपूर्ण कुरा सामग्री पठनीय हुनुपर्छ । 
  • बच्चालाई एक्लै पढ्न छाड्ने होइन, आफूसँगै बसेर पढाउनुस् । पढेका कुराबारे छलफल गर्नुस् । उनीहरूका कुरा सुन्नुस् र आफूलाई मन परेका पक्षबारे पनि कुरा गर्नुस् । 
  • तपाईंको बच्चाले कुनै पुस्तक पढिसकेपछि उसलाई अन्य रमाइला क्रियाकलापमा संलग्न गराउनुस् । घुम्न लैजानुस् । त्यस पुस्तकको कुन पक्ष मन प र्‍यो ? के सिकायो ? यसले के परिवर्तन ल्याउँछ ? कुन पात्र मन प र्‍यो ? यी विषय सोध्नुस् । यस्ता छलफलले उनीहरूको सोच्न सक्ने क्षमता र पुस्तक पढिसकेपछि सम्झन सक्ने क्षमता अभिवृद्धि गर्छ । 
  • बच्चालाई यति नै समयमा यो पुस्तक पढिसक्नुपर्छ भनेर दबाब दिने काम नगर्नुस् । हतारोमा पढ्दा उनीहरूले अध्ययनको मज्जा उठाउन पाउँदैनन् । उनीहरूलाई आनन्दले पढ्न लगाउनुस् । 
  • घरमा पढ्ने वातावरण बनाउन जरुरी छ । यसका लागि बेग्लै स्पेस छुट्याउन सकिन्छ । त्यहाँ आवश्यक पुस्तकहरू राख्नुस् । बच्चालाई त्यस ठाउँमा पुगेपछि अध्ययन गर्न मन लागोस् ।