१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २८ सोमबार १५:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य बिमा : निजी तथा सामुदायिक अस्पतालमा बिमितले २० प्रतिशत भुक्तानी गर्नुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २८ सोमबार १५:१८:००

स्वास्थ्य बिमा लागू भएका निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउँदा बिमितले २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने भएको छ। स्वास्थ्य बिमाको सदस्यता लिएका व्यक्तिले बिमामार्फत उपचार गराउँदा उपचार खर्चको २० प्रतिशत आफैँले तिर्नुपर्ने भएको हो।

स्वास्थ्य बिमा बोर्डको गत २४ फागुनमा बसेको बैठकले निजी तथा सामुदायिक अस्पतालहरूमा २० प्रतिशत सहभुक्तानीको नियम लागू गर्ने निर्णय गरेको हो। सरकारी अस्पतालहरूमा भने यसअघिकै निर्णयअनुसार १० प्रतिशत सहभुक्तानी लागू भइरहेको छ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीका अनुसार स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्न निजी तथा सामुदायिक अस्पतालहरूमा २० प्रतिशत सहभुक्तानीको व्यवस्था गरिएको हो।

उनले भने, ‘गत माघ १ देखि स्वास्थ्य बिमामा संलग्न सबै स्वास्थ्य संस्थामा उपचार गराउँदा बिमितले १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने  व्यवस्था लागू गरेका थियौँ। निजी तथा सामुदायिक अस्पतालहरूमा सेवा थप व्यवस्थित बनाउन २० प्रतिशत सहभुक्तानी प्रणालीको तयारी थालेका छौँ।’

निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी प्रणाली आगामी वैशाखदेखि लागू गरिने तयारी थालिएको बोर्डले जनाएको छ।