१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२३ हिँडेर काठमाडौं आएका मिटरब्याजपीडित १८ दिनदेखि सडक आन्दोलनमा छन् । आइतबार पनि उनीहरूले भद्रकालीमा प्रदर्शन गरेका छन् । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण २८ सोमबार ०६:२८:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विनानिष्कर्ष टुंगियो मिटरब्याजपीडितसँगको वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण २८ सोमबार ०६:२८:००

पूर्व काँकडभिट्टा र पश्चिम गड्डाचौकीबाट २३ दिन पैदल हिँडेर ९ फागुनमा काठमाडौं आइपुगेका चार हजार मिटरब्याजपीडित ११ फागुनदेखि निरन्तर सडक आन्दोलनमा छन् । १८ दिनमा सरकारसँग तीनपटक वार्ता भए पनि सफल हुन सकेको छैन ।

आइतबारको वार्ता पनि विनानिष्कर्ष टुंगियो । १३ फागुनमा गृहका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ताटोली गठन भएकै दिन पीडित पक्षसँग वार्ता भएको थियो । तर, सहमति नभएपछि १४ फागुनमा दोस्रो वार्ता भयो । फेरि पनि सफल नभएपछि आइतबार तेस्रो वार्ता भएकोमा कुनै सहमति बनेन ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहितको टोली थियो । वार्तामा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुसवाहसहितको टोली सहभागी थियो । सोमबार पुनः बस्ने गरी टुंगिएको गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।