१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी घिमिरे पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२३:oo

नयाँ पत्रिकाकर्मी शिवहरि घिमिरे पुरस्कृत भएका छन्। ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्मानपत्र तथा पुरस्कार प्रदान गरेका हुन्।

पत्रकारिताको माध्यमबाट नगरपालिकाको सुशासन र विकासको लागि दिशानिर्देश गरेका भन्दै घिमिरेलाई पुरस्कार प्रदान गरिएको हो। उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

सो अवसरमा आयोजना गरिएको खेलकुद सप्ताहमा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। उत्कृष्ट कर्मचारी पनि पुरस्कृत तथा सम्मानित भएका छन्।