Skip This
निम्सदाइ आउटडोर परिधान बजारमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १५:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

निम्सदाइ आउटडोर परिधान बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:५२:oo

पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)ले आफ्नो पहिलो परिधानसंग्रह सार्वजनिक गरेका छन्। यसमा केटु विन्टर वाटरप्रुफ ज्याकेट एवं ट्राउजर्स, निम्सदाइ बेसलेयर्स, एक्सपेड फ्लिस र प्रोजेक्ट पोसिबल डाउन ज्याकेट आदि छन्।

लगभग वर्षभरि नै आरोहणमा रहने निर्मलको अनुभवका आधारमा यो आउटडोर परिधानसंग्रहको विकास गरिएको बताइएको छ। ‘आरोहणका दौरान परीक्षण भएकाले नयाँ परिधानले सुरक्षित एवं स्टाइलिस राख्नेछ,’ निर्मलले भने। 

नयाँ परिधानसंग्रह ‘निम्सदाइ स्टोर’मा उपलब्ध छन्। यसको बिक्रीबाट प्राप्त हुने रकम पाँच प्रतिशत निम्सदाइ फाउन्डेसनमा जाने बताइएको छ। परोपकारी संस्था निम्सदाइ फाउन्डेसनका संस्थापक निर्मल पुर्जा स्वयं हुन्।

फाउन्डेशनले कोभिड महामारीको समयमा नेपालमा, सन् २०२३ मा पाकिस्तानमा आएको बाढी र हालै नेपालमा आएको भूकम्पका वेला आपतकालीन सहायता उपलब्ध गराएको थियो। यस वर्ष फाउन्डेसनले सगरमाथाको ‘डेथ जोन’बाट दशकौँ पुरानो फोहोर सफा गर्दै छ। साथै फाउन्डेसनले सगरमाथा आधार शिविरमा ओहोरदोहोर गर्ने  भरियाहरूका लागि आवास उपलब्ध गराउन लोबुचेमा नयाँ पोर्टर्स लज पनि निर्माण गरिरहेको छ।

सम्पूर्ण निम्सदाइ ब्रान्डहरू (निम्सदाइ स्टोर, एलिट एक्स्पिडिसन, स्काइडाइभ निम्सदाइ, पुस्तक र चलचित्रहरू, ब्रान्ड समर्थन आदि)बाट प्राप्त रकमको पाँच प्रतिशत फाउन्डेसनका परियोजनाका लागि जाने गरेको छ।

ad
ad