१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २५ शुक्रबार ०८:३२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शिवरात्रिको सुरक्षा निगरानी ड्रोनमार्फत, चार हजार सुरक्षाकर्मी परिचालन

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २५ शुक्रबार ०८:३२:००

शिवरात्रि पर्व मनाउन आएकाहरूको सुरक्षा निगरानी ड्रोन क्यामेराबाट गरिने भएको छ । शिवरात्रिभर निरन्तर ड्रोनबाट निगरानी हुने र सादा पोसाकका प्रहरी विशेष रूपमा सञ्चालन गर्ने जनाइएको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार ड्रोन, सञ्चार अप्रेटर र फोटोग्राफरका लागि मात्रै चार सय ३९ सुरक्षाकर्मी परिचालित हुनेछन् । त्यसबाहेक सिसिक्यामेरा, बडी वर्न क्यामेरालगायत प्रविधिबाट प्रहरीले निगरानी गर्नेछ । मेला सुरक्षामा कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङमा प्रहरीको बाक्लो उपस्थिति रहनेछ । यसका लागि मात्रै तीन हजार सुरक्षाकर्मी परिचालित हुनेछन् । उनीहरूलाई तीन सिफ्टमा परिचालन गरिने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । उनले भने, ‘मेला सुरक्षाका लागि तीन सिफ्टमा सुरक्षाकर्मी खटिनेछन् ।

यसका लागि जिल्ला प्रहरी परिसर, ट्राफिक प्रहरीदेखि अपराध अनुसन्धान कार्यालयका सुरक्षाकर्मी परिचालन हुनेछन् ।’
कार्यालयका अनुसार पहिलो, दोस्रो र तेस्रो सिफ्टमा एक हजार २४ का दरले सुरक्षाकर्मी परिचालित हुनेछन् । सुरक्षामा महिला प्रहरी नौ सय १५ र पुरुष प्रहरी दुई हजार एक सय ५७ जना रहनेछन् । त्यसबाहेक यातायातका साधानलाई व्यवस्थित गर्न पाँच सय ८३ सुरक्षाकर्मी खटिनेछन् ।

मेला सुरक्षा गर्ने उद्देश्यले सबै गरी चार हजार ९४ सुरक्षाकर्मी परिचालन हुने कार्यालयका प्रवक्ता एसएसपी मैनालीले जानकारी दिए । उनले भने, ‘शिवरात्रिका लागि सुरक्षाकर्मी परिचालन भइसकेका छन् । प्रहरीले यसका लागि सबै उपाय अवलम्बन गरेको छ । ड्रोनदेखि सिसिक्यामेरासम्मका प्रविधि सुरक्षा निगरानीमा परिचालन गरिएका छन् । सबै गरी चार हजार ९४ सुरक्षाकर्मी परिचालन भएका छन् ।