१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o५:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बालकको स्वाभिमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o५:५८:oo

यो घटना भारत स्वतन्त्रताभन्दा केही वर्षअगाडिको हो । उडिसाको ढेन्कानाल जिल्लामा अनगुल नामको एउटा सानो गाउँ थियो । त्यसवेला देशभरि अंग्रेजविरोधी आन्दोलनको लहर चलिरहेको थियो । त्यसै लहरमा ढेन्कानालका जनता त्यहाँका राजाविरुद्ध एकजुट हुन थाले । त्यहाँ प्रजापरिषद् गठनको माग हुन थाल्यो । त्यहाँका राजा अंग्रेजका कठपुलती थिए । जनताको आन्दोलनदेखि दिक्क भएर उनले अंग्रेजसँग सहायता मागे । तर, अंग्रेजले सहायता दिनुको साटो राजासित एउटा सर्त राखे । आन्दोलन दबाइसकेपछि अंग्रेजहरूलाई नै त्यो राज्य सञ्चालनको जिम्मा सुम्पनुपर्नेछ । केही नलागेर राजाले उनीहरूको सर्त स्वीकार गरे । 

ती राजाको सहायताका लागि एक दिन अंग्रेज फौज अनगुल जानका लागि नदीपारि आए । नदी किनारमा डुंगा चलाइरहेको एक १२ वर्षीय केटासँग फौजको एउटा टुकडीका कप्तानले कड्केर भने, ‘ए केटा, डुंगा ठीक पार् हामी पारि जानु छ ।’ कप्तानले सोचेका थिए । अरू केटाजसरी नै ऊ पनि लगलग कामेर उनको आदेश तत्काल पूरा गर्नेछ । तर, त्यो केटाले उनको आज्ञा अटेर गरेर चुपचाप बस्यो । केटाको यस्तो चालामाला देखेर कप्तान छक्क परे र रिसाउँदै भने, ‘जा डुंगा ठीक पार् । मैले भनेको तैँले सुनिनस् ?’ ‘नाइँ, म तिमीहरूलाई पारि लान सक्दिनँ,’ केटाले पनि त्यसैगरी कड्केर जवाफ दियो । ‘कुरा बढी नै भइसक्यो ढुंगामा चढ,’ गोरा कप्तानले आफ्ना सैनिकलाई आदेश दियो । ‘खबरदार, कोही पनि यो डुंगामा चढ्ने होइन,’ केटो बहना लिएर डुंगाको बीचमा उभिइरह्यो । 

उसको यस हठलाई बच्चाको चञ्चलता सम्झेर एक अंग्रेज सिपाही अगाडि बढ्यो । तब बहनाको चौडा भागले केटाले उसको टाउकोमा जोडदार रूपमा प्रहार गर्‍यो र उसको टाउको रगतले लतपत भयो । यो दृश्य देखेर अंग्रेज कप्तान हिंस्रक भयो र उसले पिस्तोल झिकेर त्यो बालकमाथि गोली प्रहार गर्‍यो । यसरी अनगुलको त्यो साहसी किशोर बाजीराब आफ्नो गाउँको स्वतन्त्रता कायम राख्ने प्रयासमा सहिद भयो ।

ad
ad