१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता डिजिटल संस्करण

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३४:oo

काठमाडौं प्रहरीले सुरु गरेको इ–क्युआरटीको अवधारणा के हो ? 
अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रभावकारी मानिएको क्युआरटी (क्विक रेस्पन्स टिम) लाई अझै साधनस्रोतले सुसज्जित र बदलिँदो परिवेशअनुसार परिचालान गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो । कुनै पनि घटनास्थलमा तत्काल पुग्नु यसको प्रमुख उद्देश्य हो । जसका लागि इ–क्युआरटी टिमले जिपिएस सिस्टम प्रयोग हुन्छ । यसबाट प्रहरीको ‘रेस्पन्स’ को समयलाई घटाउँछ । जसले भौतिक सबुतको सुरक्षा र सूचना संकलनमा पनि सहयोग पुग्छ । स्मार्ट सिटीको स्मार्ट अवधारणलाई यसले संस्थागत गर्छ । इ–क्युआरटी टिमको शरीरमा क्यामेरा पनि हुने भएकाले उसले सेवाग्राहीसँग गरेको व्यवहार पनि अटोमेटिक रेकर्ड हुन्छ । 

काठमाडौंको पछिल्लो अपराधको ट्रेन्ड के छ ? 
अपराधको स्वरूप र प्रवृत्ति समयानुकुल हुने गर्छन् । ग्रिक दार्शनिक हेराक्लाइटसले ‘परिवर्तनबाहेक केही स्थायी छैन’ भनेझैँ समाज परिवर्तनको नियममा बाँच्छ । त्यसकारण अपराधको ट्रेन्ड पनि फेरिँदो छ । परम्परातगत अपराधको स्वरूप र प्रवृत्ति समाज विकाससँगै घट्दै गएको देखिन्छ भने पछिल्ला दिनमा आर्थिक अपराध, साइबर अपराधका नयाँ स्वरूप र प्रवृत्तिहरू देखापरेका छन् । 

प्रहरीले भोगेका समस्या चाहिँ कस्ता छन् ?
साधन स्रोत र जनशक्ति अभावको परम्परागत समस्या छ । तर, यो प्रश्नको उत्तर आमजनसमुदायलाई हामीलाई प्रदान गर्ने सेवा र त्यसको गुणस्तर हो जस्तो लाग्छ । त्यसैले, पहिलो कुरा त जति नै साधन स्रोतको अभाव भए पनि हामीले जनताको विश्वास जित्ने काम गर्न सक्यौँ, परिणाम दिन सक्यौँ भने त्यसको सान्दर्भिकता देखिन्छ । किनकि समाजमा अपराध नियन्त्रण र अनुसन्धान कार्य भनेको ‘सेट अफ एक्टिभिटिज’ हो । केही समस्याका बाबजुद पनि काठमाडौंको पुलिसिङमा हामीले कत्ति पनि सम्झौता गरेका छैनौँ । 

ad
ad