१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तस्बिर : नयाँ पत्रिका ।
२०८० फाल्गुण २४ बिहीबार २२:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २४ बिहीबार २२:४६:००

पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाको व्यवस्थापन लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाएर आजैदेखि लागू गरेको जनाएको छ । 
 
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरू बिहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिनेछन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा उक्त सुरक्षा योजना बनाएर लागू गरेको उनले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिनेछ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए ।