
अखिल नेपाल कबड्डी संघको आयोजनामा पुरुष तथा महिला कबड्डी सुपर लिग बुधबारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सुरु भएको छ । पहिलो दिन पुरुषमा नेपाल आर्मीले एपिएफलाई ३९–२२ ले पराजित गर्यो ।
पुरुषमै नेपाल प्रहरी क्लबले उपत्यका टोलीबाट वाकओभर पाएको आयोजकले जनाएको छ। महिलातर्फ प्रहरीले एपिएफलाई ३८–३० ले हरायो । प्रतियोगिताको राखेपका पूर्वउपाध्यक्ष पीताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे।
पुरुष तथा महिलातर्फका विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।