१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २३ बुधबार १५:४२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उच्च अंककाे गिरावटपछि सम्हालियाे नेप्से, साढे तीन अर्बकाे कारोबार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २३ बुधबार १५:४२:००

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। सोमबार सकारात्मक सर्किट र मंगलबार उच्च अंकको गिरावटपछि आज बजार सम्हालिएको हो। 

परिसूचक ९.३३ अंकले बढेर दुई हजार १७.०३ अंकमा पुगेको छ। आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता सेयर ५८ हजार नौ सय ४० पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ। 

आजको कारोबारमा बैंकिङ, जीवन बिमा र म्युचुअल फन्डबाहेकको समूहको उपसूचक बढेको छ। डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको ८.७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८.६७, गुर्खाज फाइनान्सको ८.०९ र सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आठ प्रतिशतले बढेको छ। 

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी ९.७१ र ग्लोबल आइएमई ब्यालेन्स फन्ड- १ को सेयर मूल्य ५.५४ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु. ३३ करोड ३७ लाख ७८ हजार आठ सय सातबराबरको ६ लाख ५७ हजार सात सय ३९ कित्ता सेयर कारोबार भएको छ। रासस