१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गम्भीर समीक्षापछि कम्युनिस्ट पार्टी एकताको सुरुवात : अग्नि सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o८:oo

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाले गम्भीर समीक्षापछि पुनः कम्युनिस्ट पार्टीहरूको एकताको सुरुवात भएको बताएका छन्।

सहिद सप्ताहको अन्तिम दिन सोमबार बनेपामा माओवादी केन्द्र काभ्रेमा आबद्ध जनवर्गीय संगठनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सापकोटाले सो कुरा उल्लेख गरेका हुन्।

‘हामीले हिजो कम्युनिस्ट एकतालाई रक्षा गर्न सकेनौँ। गम्भीर समीक्षापछि आज कम्युनिस्ट पार्टीहरूको एकता सुरुवात गरेका छौँ,’ पूर्वसभामुख सापकोटाले भने, ‘त्यसकै सुरुवातस्वरूप नयाँ सरकार बनेको छ। अहिले सानो मन्त्रिमण्डल विस्तार हुनेछ।’

मार्क्सवादभन्दा ठूलो विचार ब्रह्माण्डमा हुनै नसक्ने दाबी गर्दै सापकोटाले पुँजीवादको अन्त्य गर्नुपर्ने बताए। त्यसका लागि अब नेपालमा वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन हुनुपर्ने औँल्याए।