१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस रुकुमपश्चिम
Invalid date format १४:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा ३१ हजार भूकम्पपीडितले पाए पहिलो किस्ता

Read Time : < 1 मिनेट
रासस, रुकुमपश्चिम
नयाँ पत्रिका
Invalid date format १४:१४:oo

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन्।

अस्थायी आवास निर्माण गर्न जिल्लाका ६ वटै पालिकाका ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापत रु. २५ हजारका दरले रकम प्राप्त गरेका हुन्। सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा एक हजार ६ सय ६० लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए।

उनका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार आठ सय चार, त्रिवेणी गाउँपालिकामा लाभग्राही कायम भएका तीन हजार सात सय ४७, चौरजहारी नगरपालिकामा ६ हजार दुई  सय ६९ र बाँफिकोट गाउँपालिकामा दुई हजार ६ सय ४१ लाभग्राहीेले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्।

सहायक प्रजिअ बढुवालले ६ वटै स्थानीय तहमा हालसम्म रु. २५ हजारका दरले रु. ७७ करोड १० लाख २५ हजार रकम  लाभग्राहीलाई उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार जिल्ला विपत् व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीका लागि स्थानीय तह विपत् जोखिम न्यूनीकरण कोषमा रु. ७९ करोड ९० लाख ५० हजार पठाएको छ।

जिल्लामा हालसम्म २८ हजार तीन सय ३४ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् भने तीन हजार चार सय ४६ निर्माणको चरणमा रहेका सहायक प्रजिअ बढुवालले जानकारी दिए। अब जिल्लामा पहिचान भएका एक हजार एक सय ३१ लाभग्राहीले पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।