१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंकर पक्राउको विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२१:oo

- पहिले थुन्ने अनि सुन्ने काम भयो : निजी क्षेत्र
- विनाधितो र परियोजना धितोमा कर्जा प्रवाह गर्ने योजनामा ठेस पुगेको छ : बैंकर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा १० जना बैंकरलाई पक्राउ गरेको घटनाको निजी क्षेत्र र बैंकरहरूले विरोध गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘पहिले थुन्ने अनि सुन्ने भन्ने मनसाय’बाट अभिप्रेरित भई बैंकरलाई पक्राउ गरेको सामूहिक धारणा व्यक्त गरेका छन् ।

कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई पदीय ओहदा वा कागजातमा हस्ताक्षर गरेकै आधारमा पक्राउ गर्न नहुने उनीहरूको भनाइ छ ।

‘कानुनी व्यवस्थामा बसेर काम गरिरहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरूले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको हो कि भन्ने देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले बैंकरहरूको कार्य दक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवं मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्न जाने र त्यसको असर समग्र अर्थतन्त्रको वृद्धि विकासमा हुन सक्नेतर्फ ध्यान दिन सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछौँ ।’ 

त्यसैगरी बैंकका सञ्चालक तथा लगानीकर्ताको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले छुट्टै विज्ञप्ति जारी गर्दै गहिरो अध्ययन र जानकारीविना कर्मचारी हिरासतमा लिनु अत्यन्तै दुःखद भएको बताएको छ । 

धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासबारे गहिरो अध्ययन र जानकारी नलिई कुनै पेसाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रणमा लिई हिरासतमा राखिएको कार्यप्रति परिसंघले आपत्ति जनाएको हो । विज्ञप्तिमार्फत परिसंघले कर्जा प्रवाहजस्तो नियमित रूपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्नेजस्ता कार्य नगर्न ध्यानाकर्षणसमेत गराएको छ । 

कमसल धितोमा बढी ऋण दिएको आरोपमा मंगलबार ब्युरोले तत्कालीन सेन्चुरी बैंकका सिइओ तुलसीराम गौतमसहित वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मनोज न्यौपाने र असिस्टेन्ट जनरल म्यानेजर राजेश भण्डारीसहित १० कर्मचारीलाई पक्राउ गरेको थियो । 

एक अर्ब १४ करोड रुपैयाँ मूल्यबराबरको जग्गा धितो राखी देउराली सहकारीलाई दुई अर्ब ११ करोड ६५ लाख रुपैयाँ ऋण प्रवाह गरेको आरोप उनीहरूमाथि छ । सहकारीलाई धितो मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार सात सय ७२ रुपैयाँ बढी ऋण प्रवाह गरिएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिएको छ । 


 

ad
ad