१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

हेटौँडा रनको उपाधि काठमाडौंका मुकेशलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:५८:oo

शुक्रबार बिहान हेटौँडामा सम्पन्न भएको खुला राष्ट्रिय पुरुष हेटौँडा रन– २०८० को उपाधि काठमाडौंका मुकेश पालले जितेका छन्। हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा निर्धारित पाँच किलोमिटरको दूरी १५ मिनेट २२ सेकेन्डमा पार गर्दै पालले उपाधि जितेका हुन् ।

उनले उपाधिसँगै ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा विभिन्न १८ जिल्लाका ९२ जना सहभागी भएका थिए । यस्तै, प्रतियोगितामा जुम्लाका दुर्गाबहादुर बुढा द्वितीय हुँदा काठमाडौंका सञ्जय श्रेष्ठ तृतीय भए । उनीहरूले निर्धारित दूरी क्रमशः १५ मिनेट २४ सेकेन्ड र १५ मिनेट ३० सेकेन्डमा पूरा गरे ।

द्वितीय भएका बुढाले ५० हजार रुपैयाँ प्राप्त गर्दा श्रेष्ठले ४० हजार रुपैयाँ  पुरस्कार प्राप्त गरे । यसैगरी, काठमाडौंका टंक कार्की र दाङका नागेश्वर ऐरीले चौथो र पाँचौँ हुँदै सान्त्वना पुरस्कारस्वरूप नगद १०–१० हजार रुपैयाँ प्राप्त गरे ।

हेटौँडाको मुख्य चाेक बुद्धचाेकबाट सुरु भएको दौड पारिजातपथ हुँदै पुनः बुद्धचाेकमा आएर समापन भएको थियो । प्रतियोगिताका विजयीहरूलाई उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए। 

प्रतियोगितामा सहभागिता जनाएका हेटौँडा– २ का ६९ वर्षीय प्रेमजी श्रेष्ठलाई सम्मान गरिएको छ। पाको उमेरमा पनि खेलप्रतिको लगाव र लगनशीलताका लागि श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो। यसअघि जिल्लास्तरीय प्रतियोगिताको रूपमा आयोजना हुँदै आएको हेटौँडा रन यस वर्षबाट भने खुला राष्ट्रिय पुरुष प्रतियोगिताको रूपमा आयोजना गरिएको हो ।

ad
ad