१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण १३ आइतबार ०७:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेसनल लाइफ इन्स्योरेन्स ३७औँ वर्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण १३ आइतबार ०७:३३:००

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ३७औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारी कम्पनीले केन्द्रीय कार्यालय लाजिम्पाटमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै, देशभरमा ५३ वटा बाल र वृद्धाश्रममा खाना खुवाउनुका साथै अपांगता संरक्षण नेपालको सहायतामा एक सय २३ जना दृष्टिविहीन व्यक्तिलाई सेतो छडीसमेत वितरण गरेको कम्पनीले जनाएको छ । 

नेपालको अग्रणी जीवन बिमा कम्पनीका रूपमा स्थापित कम्पनीले चालू वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको जनाएको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस सेयरमा कर प्रयोजनका लागि थप नगद लाभांश पारित गरी साधारणसभा सम्पन्न गरिसकेको छ ।

कम्पनीको जीवन बिमा कोषमा ७१ अर्बको हाराहारीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष ०७८/७९ को बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब एक करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बिमितलाई उत्कृष्ट बोनसदर प्रदान गर्दै आएको जनाएको छ । 

त्यस्तै, आव ०७८/७९ को बिमांकीय मूल्यांकनपश्चात् बिमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको समेत कम्पनीले जनाएको छ । एक सय १७ शाखा कार्यालय संख्या र पाँच सय कर्मचारी संख्या रहेको यस कम्पनीमा एक लाखभन्दा बढी अभिकर्ता कार्यरत रहेको कम्पनीले स्थापनाकालदेखि ०८० पुस मसान्तसम्म कुल बिमाशुल्क आम्दानी १०२ अर्ब ३० करोड आर्जन गरेको छ ।

यसैगरी कुल ४५ लाख ५६ हजार बिमालेख जारी गरेको छ र कुल ३७ अर्ब ४९ करोडबराबर बिमा दाबी भुक्तानी गरेको जनाएको छ । यस शुभ अवसरमा कम्पनीले व्यावसायिकता, प्रविधिमैत्री पारदर्शिता एवं विश्वसनीयतालाई थप अभ्यास गर्दै गुणस्तरीय बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।