१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेसनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:५३:oo

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सिफ्टिङ द पाराडाइम २०८०/८१’ भन्ने नाराका साथ चारदिने वार्षिक सम्मेलन गरेको छ । कम्पनीले पोखरामा ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ आयोजना गरेको हो । कार्यक्रम आव ०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखालाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्बन्धित समीक्षा तथा नयाँ योजना बनाउने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जीवन बिमा व्यवसाय दिन–प्रतिदिन प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेकाले कार्यदक्षता र मिहिनेतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनीमाथि आएको बताए । 

कार्यक्रममा आपसी समन्वय गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बिमा बजारमा अग्र स्थानमा पुर्‍याउन आवश्यक रणनीति र कार्यक्रम तय गर्नेबारे छलफल भएको जनाइएको छ । सम्मेलनमा विभागीय प्रमुख तथा देशभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी एक सय ५० जनाभन्दा बढीको सहभागिता रहेको उल्लेख छ ।

 सम्मेलनमा सहभागी कर्मचारीलाई नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण दिएको कम्पनीले जनाएको छ । त्यस्तै, मनोक्रान्तिका संस्थापक डा. योगी विकासानन्दले सहभागी कर्मचारीलाई तनावमुक्त भई काम गर्दा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकाले आफ्नो मनमस्तिष्कलाई सन्तुलन राखी तनाव व्यवस्थापन गर्न सकिने विषयमा प्रशिक्षण दिएको जनाइएको छ । 

कार्यक्रममा आव ०७९/८० मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा तथा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरूका साथै विभिन्न विधामा उत्कृष्ट रहेका शाखालाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान तथा पुरस्कार प्रदान गरेको कम्पनीले जनाएको छ ।

ad
ad